माछी मारन……

सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारी स्थित बागमती सिंचाई आयोजनाको शाखा नहरमा आईतबार साँझपख माछा मार्न लामबद्ध स्थानीय । कोरोना भाईरस संक्रमण रोक्न भन्दै विद्यालय बन्द भएपछि पछिल्लो समय दक्षिणी क्षेत्रका बालबालिका आभिभावकसँग माछा मार्न व्यस्त बनेका छन् । पढनका लागि विद्यालय जानु नपर्ने अनि होमवर्क समेत गर्नु नपर्ने भएकाले विद्यार्थीहरु राती अबेरसम्म पनि माछा मार्नमै व्यस्त हुने गरेको दक्षिणी क्षेत्रका जानकारहरु बताउँछन् । (तस्बिर : उज्यालो अभियान)