सर्लाहीकाे हरिवनमा मुख्यमन्त्री सहित दुई जिल्लाकाे छलफल

हरिवन – सर्लाहीकाे हरिवनमा अहिले (विहिबार) दिउँसाे मुख्यमन्त्री लालबाबु राउत नेतृत्वमा सर्लाही र राैतहटमा काेराेना भाईरस नियन्त्रणका बारेमा छलफल भईरहेकाे छ । कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प्रसाद पाैडेलले जिल्लामा भईरहेकाे प्रयास, चुनाैती, गर्नुपर्ने कामहरु बारेमा प्रस्तुति दिइसकेका छन् । अहिले राैतहटका प्रजिअ ईन्द्रदेव यादबले प्रस्तुती दिईरहेका छन् ।
हरिवन बजार स्थित सगुन सहकारीकाे सभाहलमा भईरहेकाे कार्यक्रममा मुख्यमन्त्री राउत, सामाजिक विकास मन्त्री नवलकिशाेर साह, महान्यायधिवक्ता दिपेन्द्र झा, नेपाली सेनाका पृतनापति, बाहिनिपति, सशस्त्र प्रहरीका बाहिनीपति, दुवै जिल्लाका सुरक्षा प्रमुखहरु, जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्टहरु लगायतकाे सहभागिता रहेकाे छ । दुवै जिल्लाका प्रजिअ र स्वास्थ्य प्रमुखहरुले जिल्लामा भए गरेका र अब गर्नुपर्ने कामका बारेमा व्रिफिङ गरेपछि मुख्यमन्त्री सहितले अावश्यक निर्देशन दिने र भावि रणनीति तय गरिने प्रजिअ पाैडेलले जानकारी दिए ।

फाेटाे क्याप्सन : कार्यक्रममा उपस्थित मुख्यमन्त्री लालबाबु राउत सहितका अतिथिहरु । (तस्बिर : उज्यालाे अभियान)