नेकपा सर्लाही ईन्चार्ज डाचाराज वाग्लेलाई पनि कोरोना

डाचाराज वाग्ले

हरिवन – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला ईन्चार्ज डाचाराज वाग्लेलाई पनि कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

गत सोमबार बागमती नगरपालिका कार्यालयले संकलन गर्ने क्रममा थ्रोट स्वाब दिएका वाग्लेको आज (विहिबार) आएको रिपोर्ट अनुसार कोरोना भाईरस पोजेटिभ देखिएको हो । हरिपुर नगरपालिका–१, जानकीनगर स्थायी घर भएका वाग्ले अहिले महोत्तरीको बर्दिबास स्थित निवासमा होम आईसोलेसनमा बसेका छन् ।

नेकपा सर्लाही अध्यक्ष रेवती पन्त दुई दिनअघि मात्र कोरोना भाईरस नेगेटिभ रिपोर्ट आएर होम आईसोलेसनबाट निस्किएका थिए ।