चज क्याम्पस नेविसंघले जारी गर्यो स्ववियु लक्षित विज्ञप्ति

हरिवन – नेपाल विद्यार्थी संघ चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस ईकाई समितिले आज (बुधबार) एक विज्ञप्ति प्रकाशित गरी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट प्रकाशित विज्ञप्तिले लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रहार भएको जनाएको छ ।

‘स्ववियु सभापती ज्यूको विज्ञप्तीका कारण मुलुक बहुदलिय लोकतान्त्रिक व्यवस्थाबाट हैन निर्दलिय व्यवस्थाबाट गुज्रिएको भान हुन जान्छ’, नेविसंघ क्याम्पस ईकाई सभापति विष्णु मैनालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हिजोका दिनमा विद्यार्थी आन्दोलनले मुलुकको सत्ता पल्टाएको कुरा पनि पुनः अवगत गराउदै लोकतान्त्रिक मुल्य मान्यता माथी प्रहार हुने खालका गैर लोकतान्त्रिक र गैर राजनैतिक कार्य नगर्न, नगराउन हुन अनुरोघ गर्दछौं ।’ वर्तमान सरकारले काठमाडौं र वीरगंजबाट पक्राउ गरेका आफ्ना विद्यार्थी नेताहरुलाई रिहाईको माग गर्दै पहिलो चरण अन्तर्गत क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

स्ववियु सभापति प्रज्वल ढुंगानाले हिजो (मंगलबार) एक विज्ञप्ति प्रकाशित गरी नेविसंघले क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका थिए ।