मोटरसाइकलले ठेलालाई ठक्कर दिँदा तीन घाईते, एकको अवस्था गम्भीर

सांकेतिक तस्बिर ।

हरिपुर – नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–८, पुल्चोकमा शनिवार राती भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ ।

हरिपुरबाट दक्षिणतर्फ गइरहेका ना ६२ प ८२१६ नं. को मोटरसाइकलले ठेलालाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाईतेमध्ये मोटरसाइकल चालक हरिपुर नगरपालिका–२, का ३५ वर्षीय दुःखा ठाकुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसैगरी सोही ठाउँका ६० वर्षीय मस्तमिक सेख र ७० वर्षीय नुर मोहम्मद साह घाईते भएका छन् । घाईते तीनै जनाको हरिवनमा उपचार चलिरहेको छ ।