सूर्य नेपालद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै नगर प्रमुख प्रसाईं । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सूर्य नेपाल प्रालिले हरिवन नगरपालिका स्थित दुई विद्यालयका ३ सय ५० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।

वडा नम्बर ९ स्थित दनुवार समुदायको वस्तीमा रहेको श्री जनता प्रावि र वडा नम्बर १० स्थित सुकुम्बासी बस्तीमा सञ्चालित वाल प्राविका विद्यार्थीहरुलाई स्कुल ब्याग, कपी, कलम तथा खेलकुदका सामाग्रीहरु प्रदान गरिएको हो । सहयोगी समाज नेपाल हरिवनको समन्वयमा सूर्य नेपालले उपलब्ध गराएका समाग्रीहरु नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसार्इंले मंगलबार विद्यार्थीहरुलाई हस्तान्तरण गरेका छन् । बालकक्षाका वालवालिकाहरुको लागि खेल्दै सिक्ने खेलविधीका सामाग्रीहरु समेत दुबै विद्यालयलाई प्रदान गरिएको सहयोगि समाज नेपालका अध्यक्ष हरि थापाले जानकारी दिए ।

शैक्षिक सामग्री हस्तान्तरण पश्चात प्रमुख प्रसार्इंले अति विपन्न समुदायका वालिवालिका पढ्ने विद्यालयलाई सहयोग उपलब्ध गराएको भन्दै सूर्य नेपालप्रति अभार व्यक्त गरे । दुई छाक टार्नैै नपुग्ने समुदायका वालवालिकाहरु काम गर्न अभिभावकसँगै जाने र पढाईलाई निरन्तरता दिन नसकिरहेको सन्दर्भमा उपलब्ध गराईएको स्कुल ब्याग लगाएतका सामाग्रीले उनीहरुलाई विद्यालय आउन उत्प्रेरित गर्ने प्रसाईंको कथन थियो । कार्यक्रममा हरिवन नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव नवराज निरौला, वडाध्यक्षद्वय शम्भु मैनाली र सिताराम पोखरेल, समाजसेवी बुक कुमारी थापाल गाएतको उपस्थीती रहेको थियो ।