विपीलाई सम्झदै हरिवनमा कांग्रेसको वृक्षारोपण

वृक्षारोपणमा सहभागि नेता कार्यकर्ताहरु । (तस्बिर सौजन्य : विकास शर्मा)

हरिवन – ३८ औं विपी स्मृति दिवसका अबसरमा नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितीको आयोजनामा मंगलबार वृक्षारोपण गरिएको छ । हरिवन नगरपालिका–१, लालभित्ती स्थित गुम्बा र हरिवन नगरपालिका–४, सासापुर स्थित गणेशस्थान मन्दिर परिसरमा बृक्षारोपण कार्यक्रम गरिएको कार्यक्रम संयोजक कांग्रेस हरिवन सचिब निरोज कार्कीले बताए ।

जिल्ला सहसचिब डोर प्रसाद भट्टराईको अध्यक्षता एवं पुर्व मन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता र सभासद् हरेस महतोको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा महासमिति सदस्य राम प्रसाद मैनाली, हरिवन नगर सभापति राम शरण उप्रेती, उपसभापति डाकुरनाथ खतिवडा, लालबन्दी नगर सभापति प्रसान्त आचार्य, महिला नेतृ बुक कुमारी थापा, सोनि कुमरी बोम्झन, सान्ता साह, कांग्रेस नेताहरु सहदेव थापा, असोक थापा, नेविसंघ चज क्याम्पस सभापति बिस्नु मैनाली, सहसचिव शिशिर मैनाली, सुदिप सिवाकोटी लगायतको उपस्थिती रहेको विद्यार्थी नेता विकास शर्माले बताए । कांग्रेस जिल्ला सभापति नागेन्द्र कुमार राय, उपसभापति सुरेन्द्र सिंह लगायत नेताहरु समेत कार्यक्रममा आउने तयारी भएपनि मौसमका कारण उपस्थित हुन नसकेको कार्कीले जानकारी दिए ।