ग्रामीण नारी उत्थान संघको वार्षिक समिक्षा बैठक सम्पन्न

हरिपुर – सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघको मंगलवार वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।

संस्थाको आफ्नै सभा हलमा अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षतामा संस्थाको कार्य समिति सदस्य , सल्लाहकार समिति सदस्य , साधारण सदस्य र कर्मचारीहरुको उपस्थितिमा समिक्षा बैठक गरिएको हो । बैठकमा संस्थाले २०७६/०७७ मा वर्षभरी गरेका कार्यक्रम र खर्च गरेको बजेट प्रस्तुत गरिएको थियो ।

संस्थाले सेभ द चिडे«नसँग मिलेर ईश्वरपुर नगरपालिकामा समुन्नति कार्यक्रम तथा एस एन भीसँग साझेदार भई चन्द्रनगर, कौडेना, रामनगर र पर्सा गाउँपालिकामा समावेशी तथा दीगो ग्रामीण खानेपानी सुविधा कार्यक्रम सञ्चालन गर्दै आएको छ । समुन्नति कार्यक्रम अन्तर्गत बालबालिकाको शिक्षा, स्वास्थ्य र जीविकोपार्जन एवं समावेशी तथा दीगो ग्रामीण खानेपानी सुविधा कार्यक्रम अन्तर्गत खानेपानी, सरसफाई र अपांगता भएका व्यक्तिको क्षेत्रमा काम गर्दै आएको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए ।

बैठकमा आएका सुझावलाई मनन गर्दै आगामी वर्षको योजना तय गरिने छ । संस्थाका सचिव सूर्य चालिसेको सहजीकरण एवं शुभनारायण यादव र मदन बर्माको प्रस्तुतिकरणमा रहेको समिक्षा बैठकमा सेभ द चिडे«नका परमानन्द मण्डल र एस एन भी की अम्बिका यादवको समेत उपस्थिति रहेको थियो ।