दिवंगत जोशीका भाईबुहारीद्वारा वृद्धा आश्रममा भोजन

नवलपुर – नेपाली काँगे्रसका पुराना नेता एवं पूर्वशिक्षामन्त्री स्वर्गिय रामहरि जोशीका भाई बुहारीले सोमवार सर्लाहीको जुटपानी वृद्धा आश्रमका बुवाआमालाई बिहानको मिष्ठान भोजन गराएका छन् ।

सदरमुकाम मलंगवा नगरपालिकाका स्थायी वासिन्दा जोशीका भाई धु्रव र बुहारी विणाले सोमवार बिहान पद्म भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा भएर त्यहाँ आश्रीत बृद्ध बुवाआमालाई भोजन गराएका हुन् । उनीहरुले दिवंगत बुवा आमाको सम्झनामा यसैगरी आश्रममा आएर भोजन गराउँदै आएका छन् ।

यसैबीच हरिवन नगरपालिका–६, घुर्कौलीका रुन्द्रप्रसाद उपे्रती र अप्सरा उपे्रतीले छोरा सिद्धार्थ सोमवार बाट १५ वर्षमा प्रवेश गरेको अवसरमा सोमवार बेलुकाको भोजनको व्यवस्था गरेका आश्रमले जनाएको छ ।