सर्लाहीमा सोमवार थपिए ८ जना संक्रमित, सबै चक्रघट्टा गाउँपालिकाका

मलंगवा – सर्लाहीमा आज (सोमवार) ८ जना नयाँ कोरोना भाईरस संक्रमित थपिएका छन् ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थ्रोट स्वाब परीक्षण गराउँदा चक्रघट्टा गाउँपालिकाका ८ जनाको पोजिटिभ रिपोर्ट आएको हो । सोमवार थपिएका ८ जना संक्रमित समेत गरी सर्लाहीमा कोरोना संक्रमितको संख्या ६५२ पुगेको छ । तीमध्ये सरकारको आइसोलेसन मापदण्ड अनुसार ५३७ जना आइसोलेसनबाट डिस्चार्ज भई घर गएका छन् ।

सोमवार बिहानसम्म जिल्लामा १०७ जना मात्रै आइसोलेसनमा थिए । यस्तै पछिल्लो समय भारतबाट आउनेहरुको संख्यामा कमी आएसँगै क्वारेन्टाइनमा बस्नेहरु पनि कम हुँदै गएका छन् ।