सर्पले डसेर सर्लाहीको श्रीनगरमा एक महिलाको मृत्यु

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, श्रीनगरमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

स्थानीय रामवृक्ष चौधरीकी श्रीमती ५० वर्षीया पनियाँ देवीको गोमन सर्पको डसाईबाट मृत्यु भएको हो । पनियाँ देवीलाई आइतवार राती छिमेकीको घरको आँगनमा बसेर कुरा गरिरहेका बेला सर्पले डसेको थियो ।

सर्पले डस्नासाथ महिलालाई उपचारका लागि नवलपुरस्थित सर्पदंशउपचार केन्द्र ल्याइएको थियो । गम्भीर अवस्थामा ल्याइएकी महिलालाई त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर लाने क्रममा बाटोमानै मृत्यु भएको ईश्वरपुर नगरपालिका–१४, का वडा सदस्यजोगेन्द्र चौधरीले जानकारी दिए ।

दुई दिनअघिमात्रै गोमन सर्पकै डसाईबाट लालबन्दीनगरपालिका–१०, चन्द्रपुरमा ९ वर्षीय बालकको मृत्यु भएको थियो । विषालु सर्पको डसाईबाट जिल्लामा बर्सेनिदर्जनौँ मानिसको मृत्यु हुने गरेको छ ।

अत्यधिकगर्मी र पानी परिरहेको अहिलेको समयमाविषालु सर्प सक्रियहुने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् । सर्लाहीमा जिल्ला अस्पताल मलङ्गवा, सर्पदंश उपचार केन्द्र नवलपुर र प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा सर्पले डसेका बिरामीको उपचार हुन्छ । तर यि तीनै ठाउँमा प्राथमिकउपचार भएपनिगम्भीर अवस्थामा पु¥याइएका बिरामीको उपचार गर्ने उपकरण र विशेषज्ञ चिकित्सक छैनन् ।

नवलपुर सर्पदंश उपचार केन्द्रमा लामो प्रयासपछि प्रदेश सरकार र लालबन्दी नगरपालिकाको सहयोगमा गतवर्ष भेन्टिलेटर र आइसियू खरिद गरी जडान गरिएको थियो । जडान गरेको केहीमहिनामै हरिवनबाट उपचार गर्न ल्याइएको एक बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले केन्द्रमा तोडफोड गर्दा उपकरणहरु काम नलाग्ने अवस्थामा पुगेका थिए ।