सर्लाहीमा आज थपिए ४ जना संक्रमित, ६४२ पुगे

लालबन्दी – सर्लाहीमा आज (आइतवार) ४ जना कोरोना भाईरस संक्रमित थपिएका छन् ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थ्रोट स्वाब परीक्षण गराउँदा बरहथवाका ४ जनाको पोजिटिभ रिपोर्ट आएको हो । ईश्वरपुरका २ जनाको पनि पोजिटिभ रिपोर्ट आएको बताइए पनि त्यसको आधिकारिक रुपमा पुष्टी हुन भने बाँकी रहेको प्रमुख जिल्ला अधिकारी जिसीले उज्यालो अभियानसँग बताए ।

आइतवार थपिएका ४ जना संक्रमित समेत गरी सर्लाहीमा कोरोना संक्रमितको संख्या ६४२ पुगेको छ । नयाँ संक्रमित थपिँदै जाँदा जिल्लामा नेपाल सरकारको मापदण्ड अनुसार संक्रमितहरुलाई १४ दिन आइसोलेसनमा राखेर घर पठाउने क्रम पनि चलिरहेको छ ।