सांसद लुंगेलीले बाँडिन् खेलकुद सामग्री

लालबन्दी – प्रदेश सभा सदस्य (सांसद) बेची लुंगेलीले आफ्नो संसदीय क्षेत्र विकास कार्यक्रमको रकमबाट खेलकुद सामग्री वितरण गरेकी छिन् ।

उनले नगरका ६ वटा क्लब र ३ वटा सामुदायिक विद्यालयलाई फुटबल, भलिबल, ब्याडमिन्टन, क्याराम्बोट सहित जर्सी र जुत्ता उपलब्ध गराएकी हुन् । आइतवार लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित खेल मैदानमा आयोजित खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष गोपाल प्रसाद घिमिरे, जिल्ला फुटबल संघका अध्यक्ष ठाकुरप्रसाद सुस्लिङ (विष्णु) लगायतको उपस्थिति थियो ।

सांसद लुंगेलीले यसअघि संसदीय क्षेत्र विकास कार्यक्रमकै रकमबाट हिजो र अस्ती मात्रै लालबन्दी र हरिपुरका ४० घर अति विपन्न परिवारलाई आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले एक–एक वटा सुँगुरको पाठा उपलब्ध गराएकी थिईन् ।