सर्लाहीकाे हरिवनमा आरडीटी गरेर छाडिएका ८ जनाकाे पीसीआर पाेजेटिभ, स्थानीय त्रसित

हरिवन – सर्लाहीकाे हरिवनमा अारडीटी नेगेटिभ देखिएपछि क्वारेन्टिनबाट छाडिएका ८ जनाकाे पीसीअार रिपाेर्ट पाेजेटिभ अाएकाे छ ।

मंगलबार साँझ काठमाडाैंकाे टेकु अस्पतालबाट प्राप्त रिपाेर्ट अनुसार ८ जनामा काेराेना भाईरस पाेजेटिभ देखिएकाे नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईँले जानकारी दिए । मेयर प्रसाईँका अनुसार २, ३ र ४ नम्बर वडाका १-१ जना, ८ नम्बर वडाका ३ जना तथा ११ नम्बर वडाका २ जनाकाे पाेजेटिभ अाएकाे हाे ।

नगरपालिकाकाे निर्माणाधिन भवनमा बनाईएकाे क्वारेन्टिनमा १४ दिन राखेपछि अारडीटी नेगेटिभ अाएकाले गत जेठ १८ गते पीसीअार परीक्षणका लागि थ्राेट स्वाब लिएर २९ जनालाई हाेम क्वारेन्टिन बस्ने शर्तमा छाडिएकाे मेयर प्रसाईँले जानकारी दिए । छाडिएका २९ मध्ये ८ जनाकाे पीसीअार पाेजेटिभ अाएकाे हाे । पाेजेटिभ देखिएका ७ जनालाई मंगलबार राती नै बाँसाटाेल स्थित नगरपालिकाकाे निर्माणाधिन भवनमा तयार पारिएकाे अाईसाेलेसन कक्षमा राखिसकिएकाे मेयर प्रसाईँले जानकारी दिए ।

भारतबाट अाएका उनिहरुलाई १४ दिन क्वारेन्टिनमा राखेर अारडीटी पश्चात घरमै बस्ने शर्तमा छाडिएपनि संक्रमित मध्य १ जना त मलामी जाने लगायत सामुहिक रुपमा हेलमेल समेत गरेकाे भन्दै स्थानीय त्रसित बनेका छन् । हाेम क्वारेन्टिनमा बस्ने शर्तमा छाडिएका मध्ये हरिवन-८ का एक युवालाइ भने स्थानीयबासीले चर्काे विराेध गरेपछि छाडीएकै दिन पुनः नगरपालिकाकाे क्वारेन्टिनमा फर्काईएकाे थियाे । उनकाे पनि पीसीअार पाेजेटिभ अाएकाे मेयर प्रसाईँले जानकारी दिए ।