मलंगवामा १५ किलो गाँजासहित दुई जना पक्राउ

लागूऔषध गाँजासहित पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा

मलंगवा – प्रहरीले सर्लाहीको जिल्ला सदरमुकाम मलंगवा नगरपालिका–७, मुसैलीबाट प्रतिवन्धित लागूऔषधसहित दुइ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्यही ठाउँका ३१ वर्षीय महमद अजमल मिकरानी र मलंगवा नगरपालिका–३, का ३० वर्षीय तौसिफ रजा मिकरानी रहेका छन् । बीआर ३१ एक्स ९८१८ नंं. को मोटरसाइकलमा भारततर्फ जाँदै गर्दा १५ किलो लागूऔषध गाँजासहित उनीहरु पक्राउ परेका हुन् । दुवैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी मदन कुँवरले जानकारी दिए ।

नेपाल–भारत दुवै देशमा बन्दाबन्दी जारी रहेको र सीमामा कडाई गरिएको भएपनि लागूऔषधको ओसारपसार गर्ने कार्यमा संलग्नहरुले लुकिछिपी यसको ओसारपसार गरिरहेका छन् ।