सर्लाहीको बागमतीमा गोबर ग्यासको खाल्डोमा डुबेर बालकको मृत्यु

प्रतिकात्मक तस्बिर ।

बागमती – सर्लाहीको बागमतीमा गोबर ग्यासको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । बागमती नगरपालिका–११, कर्मैया बस्ने गोपाल बोटका तीन वर्षीय छोरा आयुष बोटको छिमेकीको गोबर ग्यासको खाल्डोमा डुबेर मृत्यु भएको हो । साथीहरुसँग खेल्न निस्किएका आयुष वुधवार बेलुकादेखि बेपत्ता भएका थिए । बालक हराएको बारे प्रहरीमा समेत सूचना गरिएको थियो । स्थानीय वासिन्दा र प्रहरी मिलेर वुधवार राती अबेरसम्म खोजी गर्दा पनि उनी फेला परेनन् । बिहिवार बिहान भने गोबर ग्यासको खाल्डोमा बालक मृत फेला परेका हुन् । बालकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेका छन् ।