हरिवनमा रुखमा च्यापिएर एकजनाको मृत्यु

हरिवन-सर्लाहीको हरिवनमा रुखको हाँगाले च्यापिएर एक पुरुषको मृत्यु भएको छ ।

सोमवार बिहान हरिवन नगरपालिका–१ कौलाशपुरी क्षेत्रको जंगलमा घासँ झार्न रुखमा चडेका सोही स्थानका ४०÷४५ बर्षका नारायण कुमार श्रष्ठ सोही रुखको हाँगाले च्यापिएका थिए । रुखको हाँगाले च्यापिएका उन्लाई तत्काल उद्वार गरी हरिवन स्थित नमुना अस्पताल पुर्याएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । हागाँले श्रेष्ठको छातिमा च्यापेको प्रत्यक्षदर्शीको भनाई छ ।

श्रेष्ठलाई अस्पताल पुर्याए लगतै डक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । मुचुल्का तयार गरेर मृतक श्रेष्ठको सव परिक्षणको लागि जिल्ला अस्पताल मलंंगवा लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता तथा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक मदन कुवँरले जानकारी दिए ।