सर्लाहीको बरहथवामा बिद्यालय भवन शिलान्यास

बरहथवा-सर्लाहीको बरहथवामा बिद्यालय भवन शिलान्यास सम्पन्न भएको छ ।

सोमवार बरहथवा नगरपालिका–१, साविक हजरिया गाविस ४ मलाहटोलमा रहेको बागमती प्राथमिक बिद्यालयको २ कोठे भवन शिलान्यास गरिएको बरहथवा नगरपालिका कार्यलयले जनाएको हो । भवनको नगर प्रमुख देवानन्द महतोले शिलान्यास गरेका नगरका कानुनी सल्लाहकार महेश बरालले जानकारी दिए ।

कोरोना भाइरसको कारण लकडाउनको अवस्थालाई ध्यानमा राखेर अनौपचारिक रुपमा भवनको शिलन्यास गरिएको नगर प्रमुख महतोले जानकारी दिए । संघिय सरकारको स–सर्त अनुदानको १६ लाखको लागत निर्माण सुरु गरिएको उक्त भवनको निमार्ण कार्य अषाढ मसान्त सम्ममा सम्पन्न गर्ने वडानम्बर १ का वडाध्यक्ष रत्न बहादुर गिरिले बताए ।

अत्यन्त विपन्न परिवारका बालबालिका अध्यन गर्ने उक्त विद्यालयको पक्कि भवन बन्ने भएपनि स्थानीय समेत खुसि भएका छन् । जिल्लामा कोरोना भाइरसका कारण घोषणा भएको लकडाउनका कारण स्थानीय तहका विकास निर्माणको काममा पुर्णरुपमा प्राभावित बनेको छ ।