गैरसरकारी संस्थाद्वारा सुत्केरी तथा गर्भवती महिलालाई पोषण खाद्यन्न वितरण

बागमती –सर्लाहीको बागमतीमा एक गैरसरकारी संस्थाले सय जना सुत्केरी महीलाहरुलाई पोषण खाद्यन्न राहत वितरण गरेको छ ।
‘यात्राद्वारा महिला सशक्तिकरण नेपाल’ नामक एक गैर सरकारी सस्थाले बागमती नगरपालिका–वडा नम्बर १२ भित्र बसोवास गर्ने सय जना सुत्केरी महिलाहरुलाई पोषण राहत वितरण गरको जनाएको हो । संस्थाले कोरोना भाइरसका कारण घोषणा भएको लकडाउनको मारमा परेका विपन्न परिवारका सुत्केरी महिलाहरुलाई केही मात्रामा भएपनि राहत पु¥याउने उद्येश्यले खाद्यन्न सामाग्री वितरण गरेको संस्थाकी सचिव पवित्रा माझीको भनाई छ ।

उक्त संस्थाले राहत बापत प्रति सुत्केरी १० किलो चामल, ५ किलो पिठो, २ किलो दाल, २ किलो क्वाटी, आधा लिटर घिउँ, १५० ग्राम ज्वानो, ३०० ग्राम मेथी र आलस आधा किलो प्रदान गरेको हो । लकडाउनको मारमा परेको दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारका सुत्केरीलाई पोषण खाद्यन्न वितरण गरेर महत्व पुर्णकार्य गरेको भन्दै वडाध्यक्ष ओम बहादुर श्रेष्ठले संस्थाप्रती धन्यवाद समेत ज्ञापन गरे ।

यसैविच यस संस्थाले बागमती सहित जिल्लाको चन्द्रनगर गाउँपालिका र ईश्वरपुर नगरपालिकामा पनि सुत्केरी महिला पोषण, बाल पोषण, तथा पोषण खाद्यन्न राहत वितरण गरेको जनाएको छ । संस्थाले चन्द्रनगर गाउँपालिका–२ बबरगंजको मुसहर बस्तीमा ८० परिवारलाई पोषण युक्त खाद्यन्न र इश्वरपुर नगरपालिका–४ मा एक सय ५० परिवारलाई पोषण युक्त खाद्यन्न तथा ६० बाल बालिकाहरुलाई बाल पोषण खाद्यन्न वितरण गरेको जनाएको छ ।
अहिलेको विपद्को समयमा राज्यले बिषेश गरी सुत्केरी तथा गर्भवती महिलाको लागि कुनै प्याकेज तयार गर्न नसकिरहेकोले आफुहरुले राज्यलाई सहयोग गर्ने प्रयास गरेको संस्थाकी सचिव माझीले बताइन् । यस ‘यात्राद्वारा महिला सशक्तिकरण नेपाल’ नामक एक गैरसरकारी संस्थाले विगत तिनबर्ष देखी महिला र युवा सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ ।