लालबन्दी नगरपालिकाको विपद सहायता कोषमा नेकपाद्वारा ५ लाख बढी नगद र १८० किलो चामल सहयोग

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाको विपद सहायता राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटीले सोमवार सहयोग गरेको छ ।

विश्वव्यापी महामारी कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण र लकडाउनपछि समस्यामा परेका परिवारलाई सहयोग जुटाउन नगरपालिकाले स्थापना गरेको सो कोषमा नेकपाले ५ लाख १९ हजार ७३० रुपैयाँ नगद र १८० किलो चामल सहयोग गरेको हो । नगरका १५ वटै वडामा पार्टीका कार्यकर्ताबाट संकलन गरिएको नगद र चामल आज नगरपालिकामै पुगेर नगरप्रमुख मानबहादुर खड्कालाई हस्तान्तरण गरिएको नेकपा नगर कमिटीले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, जिल्ला इन्चार्ज डाचाराज वाग्ले, जिल्ला अध्यक्ष रेवती पन्त, जिल्ला सचिव कमल बुढाथोकी, राष्ट्रिय सभाका सदस्य राधेश्याम पासवान, प्रदेश सभा सदस्य बेची लुंगेली लगायतको उपस्थितिमा नगद तथा खाद्यान्न हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेकपाका नेताहरुले पारदर्शी किसिमले वास्तविक पीडितले पाउने गरी राहत वितरण गर्न नगरपालिकालाई सुझाव दिएका छन् ।

नेकपा हरिवन नगर कमिटीले पनि यसअघि हरिवन नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एकलाख ५६ हजार बढी नगद सहयोग गरेको थियो भने नेपाली कांग्रेस हरिवन नगर समितिले समेत ५१ हजार नगद सहयोग गरेको थियो ।

यो पनि पढ्नोस्

हरिवनको प्रकोप व्यवस्थापन कोषमा नेकपाको डेढ लाखhttp://ujyaaloabhiyan.com/2020/04/19/%e0%a4%b9%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a4%aa-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa/