सर्लाहीमा कोरोना रिपोर्ट अपडेट : थप ४ जनाको पनि नेगेटिभ

शुक्रबार दिउँसो सर्लाहीको धनकौलमा कोरोना बुथ भित्र बसेका स्वास्थ्यकर्मीलाई स्वाब संकलन गराउँदै एक स्थानीय तथा चौरमा रहेका अन्य सर्वसाधारण । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा थप ४ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । योसँगै आईतबार दिउँसोसम्म ३० जनाको स्वाब परीक्षणको नतिजा आएको र सबैको कोराना भाईरस (कोभिड–१९) नेगेटिभ देखिएको छ ।

पछिल्लो पटक सर्लाहीको चन्द्रनगर गाउँपालिका अन्तर्गत बबरगंजमा गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा बसेका ४ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उक्त क्वारेन्टाईनमा राखिएका सबै २५ जनाको स्वाब संकलन गरिएको र ती मध्ये ४ जनाको रिपोर्ट आएको हो ।

उक्त क्वारेन्टाईनमा भारतीय सुरक्षाकर्मीद्वारा गत वैशाख ५ गते विहिबार मध्यराती दशगजामा अलपत्र पारेर छाडिएका १२३ जना मध्ये लुकेर चन्द्रनगर गाउँपालिकाको विभिन्न गाउँ स्थित घर आईपुगेका २५ जनालाई राखिएको छ । उक्त रात भारतीय सुरक्षाकर्मीले सोनवर्षा लगायत तीन ठाउँमा आफूले स्थापना गरेको क्वारेन्टाईनमा राखिएका १२३ नेपालीलाई ट्रकमा हालेर कनौली नाका स्थित लखन्देही खोला किनारमा विहिबार मध्यराती छाडेका थिए । जसमध्य ९१ जनालाई शुक्रबार दिउँसो पुनः भारततर्फ नै फर्काइएको थियो भने बाँकी कता गए भन्ने अझै खुल्न सकेको छैन ।

प्रजिअ जिसीका अनुसार काठमाडौंको टेकु अस्पतालबाट प्राप्त जानकारी अनुसार हालसम्म सर्लाहीबाट स्वाब संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट आएको र सबैको नेगेटिभ देखिएको हो । यसअघि बिहान जिल्लाकै दक्षिण–पश्चिम क्षेत्र स्थित धनकौल गाउँपालिकामा कोरोना भाईरस संक्रमित किशोरका परिवार सहित २६ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

‘कोरोना भाईरसबाट संक्रमित भएका १४ वर्षीय किशोरका परिवारका ५ जना सदस्य सहित उनले नजिकबाट सम्पर्क गरिएको अनुमानमा धनकौल गाउँपालिकाबाट स्वाब संकलन गरिएका २६ जनाकै रिपोर्ट नेगेटिभ देखिएको हो । क्रमशः सबैको रिपोर्ट नेगेटिभ आउँदै गर्दा जिल्लाबासीले निकै राहत महसुस गरेको भन्दै प्रजिअ जिसीले खुसी प्रकट गरे ।

गत शुक्रबार विश्व स्वास्थ्य संगठन, नेपाली सेना लगायत सुरक्षानिकायका स्वास्थ्यकर्मीहरुको टोलीले दिनभर लगाएर धनकौल सहित जिल्लाका विभिन्न स्थानबाट ११६ जना सर्वसाधारणको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं लगेको थियो । प्रजिअ जिसीका अनुसार धनकौल गाउँपालिकामा कोरोना भाईरस पोजेटिभ देखिएका किशोरका परिवार एवं उक्त गाउँका स्थानीय सहित जिल्लाको विभिन्न स्थानमा पालिकाहरुले क्वारेन्टाईनमा राखेका सर्वसाधारणहरुको स्वाब संकलन गरिएको हो । कोरोना भाईरस पोजेटिभ देखिएका किशोरका परिवारका सदस्य एवं ती किशोरसँग नजिकबाट सम्पर्क भएको आशंका गरिएका सर्वसाधारणहरु तथा लकडाउन छिचोल्दै भारतबाट छिर्न सफल विभिन्न पालिकाहरुको क्वारेन्टाईनमा बसेका सर्वसाधारणको स्वाब संकलन गरिएको प्रजिअ जिसीले जानकारी दिए ।

स्थानमा पालिकाहरुले क्वारेन्टाईनमा राखेका सर्वसाधारणहरुको स्वाब संकलन गरिएको हो । कोरोना भाईरस पोजेटिभ देखिएका किशोरका परिवारका सदस्य एवं ती किशोरसँग नजिकबाट सम्पर्क भएको आशंका गरिएका सर्वसाधारणहरु तथा लकडाउन छिचोल्दै भारतबाट छिर्न सफल विभिन्न पालिकाहरुको क्वारेन्टाईनमा बसेका सर्वसाधारणको स्वाब धनकौल बाहेक चन्द्रनगर गाउँपालिकाको कामतमा राखिएका ५० तथा बबरगंज स्थित क्वारेन्टाईनमा राखिएका २५ जना र ईश्वरपुर नगरपालिकाको क्वारेन्टाईनमा राखिएका १५ जनाको स्वाब सो टोलीले संकलन गरेर लगेको छ ।

यो सहित सर्लाहीबाट ११८ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि संकलन भईसकेको छ । यसअघि नै धनकौलका कोरोना संक्रमित १४ वर्षीय किशोर तथा गत विहिबार ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) पोजेटिभ देखिएका ईश्वरपुर नगरपालिका–९ रामनगरका एकजनाको पनि प्रादेशिक अस्पताल जनकपुरबाट स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाईएको छ ।