सराहनिय कार्य : नातीको जन्मदिनमा गाउँका बिजुलीको पोलमा बत्ती जडान

174

हरिवन – जन्मदिन, वैवाहिक उत्सव र अन्य खुशीको पलमा अहिले धेरैले तडकभडक गरेर अनावश्यक रुपमा धेरै खर्च गर्छन् । यस्ता उत्सवमा अहिले त भन्दा म के कम भन्ने किसिमले खर्च गर्ने क्रम बढ्दो छ ।

तर यस मान्यतालाई चिर्दै सर्लाहीको हरिवन नगरपालिका–८ बेतालीका एक परिवारले नातीको जन्म दिनको अवसरमा गाउँका बिजुलीको पोलमा बत्ती बालेर सडक उज्यालो पारेका छन् । नाती अरबिक सुवेदीको जन्म दिनको अवसर पारी बिजुलीको पोलमा बत्ती जडान गरेको अरबिकका हजुरबुवा रामहरि घिमिरेले जानकारी दिए । नाती ३ वर्ष पूरा भई ४ वर्षमा प्रवेश गरेको अवसरमा जनजागृति माविदेखि बेताली र फेदी जाने मोडसम्मको सडकका पोलमा बल्ब राखिएको घिमिरेले बताए । गर्मी मौसममा साँप किराको बिगबिगी हुने बेला आफूहरुको पहलले पैदल यात्रीलाई राहत मिल्ने अपेक्षा गरिएको सो परिवारले अपेक्षा गरेका छन् ।