प्रदेश सांसददेखि खानेपानी उपभोक्ता समिति सम्मले नगरपालिकालाई गरे सहयोग

सर्लाहीको बागमती नगरपालिकाले सुरु गरेको मानापाथी अभियानमा बिहिवार प्रदेश सांसददेखि खानेपानी उपभोक्ता समिति सम्मले सहयोग प्रदान गरेका छन् ।

लकडाउनपछि समस्यामा परेका परिवारलाई खाद्यान्न सहयोग गर्न सुरु गरिएको मानापाथी अभियानमा निरन्तर सहयोग जुटिरहेको हो । सो अभियानमा बिहिवार ढुंगे्रखोला बृहत खानेपानी उपभोक्ता समितिले २० क्विन्टल चामल, एक क्विन्टल दाल र दुई क्विन्टल नुन प्रदान गरेको छ । यस्तै प्रदेश सभा सांसद डिल्ली प्रसाद उपे्रतीले आफ्नो तर्फबाट ५ क्विन्टल चामल प्रदान गरेका छन् । यसैगरी रामजानकी साना किसान कृषि सहकारी संस्था धरहराले १५ हजार १०५ रुपैयाँ प्रदान गरेको छ ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष वसन्तराज भट्टराई र सहकारीकी अध्यक्ष अन्जु पौडेलले एकै कार्यक्रममा नगरप्रमुख भरतकुमार थापालाई सहयोग प्रदान गरेका हुन् । प्रदेश सभा सांसद उपे्रतीले पनि त्यही कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएर सहयोग प्रदान गरेका बागमती नगरपालिकाले जनाएको छ ।

भएकाहरुबाट नभएकाहरुलाई सहयोग गर्न बागमती नगरपालिकाले अहिले मानापाथी अभियान चलाएर नगद तथा खाद्यान्न सहयोग संकलन गरिरहेको छ ।