निर्वाचन क्षेत्रमा निःशुल्क स्वास्थ्य सामग्री वितरण गर्दै प्रदेश सभा सदस्य सिंह

362

सर्लाही क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य विरेन्द्र कुमार सिंहले आफ्नो निर्वाचन क्षेत्रभित्रका स्वास्थ्य चौकीहरुलाई व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री प्रदान गर्न सुरु गरेका छन् ।

आफूले निर्वाचन क्षेत्रका २२ वटा स्वास्थ्य चौकीलाई प्रत्येकमा दुई थान पीपीई, सय थान ग्लोब, एक बोतल स्यानिटाइजर र सय थान सर्जरी माक्स प्रदान गर्ने प्रदेश सभा सदस्य सिंहले बताए । उनले पहिलो चरणमा सुक्रवार बरहथवा नगरपालिका र बसबरिया गाउँपालिका भित्रका स्वास्थ्य चौकीहरुका लागि सम्वन्धित पालिकाका प्रमुखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

सिंहले व्यक्तिगत खर्चमा खरिद गर्नुभएको स्वास्थ्य सामग्री बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो र बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या राय यादवलाई हस्तान्तरण गरेका हुन् ।