सर्लाहीको जानकिनगरमा पानीमा डुबेर बालकको मृत्यु

257

सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा आइतवार दिउँसो स्थानीय मल्हनियाँ तालमा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा त्यही ठाउँका होमबहादुर रेखामका ७ वर्षीय छोरा धनबहादुर रेखामको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मूर्तियाले जनाएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।