अत्रौलीका आगलागी पीडितलाई राहत प्रदान

459

सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीका आगलागी पीडित परिवारलाई राहत प्रदान गरिएको छ ।

सुक्रवार बेलुका आगलागी हुँदा अत्रौलीका रामबाबु महतो, लालबाबु महतो र रामकिशोर महतोको घर पूर्ण रुपमा जलेर नष्ट हुँदा लाखौँको क्षति भएको थियो । आगालागी पीडित तीनवटै परिवारलाई शनिवार बिहान हरिवनस्थित बागमती सेवा समाज नेपालले राहत प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष भरतकुमार कार्कीले आगलागी पीडितलाई ३ बोरा चामल, १५ किलो आलु, ३ किलो दाल, ४ थान त्रिपाल, ३ थान जग, ३ थान बाल्टिन, ३ थान सरसफाई किट, ३ थान कम्बल लगायतका राहत सामग्री प्रदान गरिएको जानकारी दिए ।

प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रती, वडाध्यक्ष अर्जुन महतो, सहयोगी संस्थाका अध्यक्ष भरतकुमार कार्की, नेकपाका नेता सुरेन्द्र लामा, अन्य नेता एवं समाजसेवी युवाहरुको उपस्थितिमा आगलागी पीडितलाई राहत प्रदान गरिएको हो ।