विष्णु गाउँपालिकामा वडाध्यक्षले व्यक्तिगत खर्चमा बाँडे मास्क र साबुन

भारतसँग सीमा जोडिएको सर्लाहीको दक्षिणी भेगस्थित विष्णु गाउँपालिका–२, का वडाध्यक्ष सञ्जय कुमार साहले आफ्नो व्यक्तिगत खर्चमा वडाभित्रका अति विपन्न परिवारलाई मास्क र साबुन वितरण गरेका छन् । वडाध्यक्ष साहले सुक्रवार झण्डै २ सय दलित, अति विपन्न तथा असहाय परिवारलाई कोरोना भाइरस ( कोभिड–१९) विरुद्ध सावधानी अपनाउन आग्रह गर्दै मास्क र साबुन प्रदान गर्नुभएको विष्णु गाउँपालिकाबाट हाम्रा स्थानीय प्रतिनिधि अकलेश बैठाले जनाएका छन् । कोरोना भाईरस फैलिन नदिन विष्णु गाउँपालिकाले पनि स्थानीय वासिन्दामा सचेतना फैलाउँदै सीमापारी भारतबाट र अन्य देशबाट रोजगारी गरी फर्किएकामाथि निगरानी बढाएको जनाएको छ ।