लकडाउनको समयमा किराना पसलमा आगलागी, ४ लाख बराबरको क्षति

260
प्रतिकात्मक तस्बिर

लकडाउनको समयमा बिहिवार राती सर्लाही सदरमुकाम मलंगवास्थित एक पसलमा आगलागी हुँदा पसलमा रहेका सबै सामान जलेर नष्ट भएको छ ।

मलंगवा नगरपालिका वडा नं. २ स्थित पब्लिक माध्यमिक विद्यालय नजिकै रहेको स्थानीय दिनेशकुमार साहले सञ्चालन गरेको जेनेरल स्टोरमा राती सबा ११ बजे आगलागी हुँदा झण्डै ४ लाख बराबरको सामान जलेर नष्ट भएको जनाइएको छ । प्रहरीले भने दुई लाख क्षति भएको भन्दै मुचुल्का उठाएको छ ।

आगलागीबाट पसलभित्र रहेका फ्रिज, फोटोकपी मेसिन, पंखा, कस्मेटिक तथा खाद्य सामग्री लगायतका सरसामान, कागजात र केही नगद जलेर नष्ट भएको पीडित पसले दिनेशकुमार साहले बताए । पीडित साहले लकडाउनको समयमा पूर्ण रुपमा पसल जलीसक्दा पछि मात्र प्रहरी आएको गुनासो गरेका छन् । जबकी नेपाल प्रहरी र सशस्त्र प्रहरीको युनिट घटनास्थलबाट केही मिनेटको दूरीमा मात्रै छ ।

आगलागीको कारण खुल्न सकेको छैन् । स्थानीयवासीको प्रयासपछि आगलागी नियन्त्रणमा आएपछि छेउमा रहेका अन्य पसलमा क्षति हुनबाट जोगिएको थियो ।