लालबन्दी नगरपालिकाको विपद् राहत सहायता कोषमा व्यापारीद्धारा तीन लाख बढी सहयोग

367

जनार्जन खत्री/लालबन्दी – कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सहयोग जुटाउने उद्देश्यले सर्लाहीको लालबन्दी नगरपालिकाले स्थापना गरेको विपद् राहत सहायता कोषमा मंगलवार लालबन्दीका व्यापारीहरुले तीन लाख बढी सहयोग प्रदान गरेका छन् ।
उद्योग वाणिज्य संघ लालबन्दी मार्फत व्यापारीहरुले राहत कोषमा एकमुट ३ लाख ६ हजार १ सय रुपैयाँ प्रदान गरेका हुन् । उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले सहयोगी व्यापारी समेतको उपस्थितिमा नगरप्रमुख मानबहादुर खड्कालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सोमवार स्थापना गरिएको कोषमा पहिलो दिन जनप्रतिनिधिहरुको तर्फबाट समेत गरी ३ लाख ५५ हजार रुपियाँ जम्मा भएको थियो । नगरपालिकाले विपद् राहत सहायता कोषमा सहयोगका लागि सबै व्यक्ति तथा संघसंस्थासँग आह्वान समेत गरेको छ ।