लालबन्दीमा लकडाउनपछि रोकेर राखेको बसमा आगलागी, २५ लाख बराबरको क्षति

1895

सर्लाहीको लालबन्दी नगरपालिका–६, मा रोकिराखेको बसमा आगलागी भएको छ ।

स्थानीय पद्म बहादुर कटुवालले लकडाउनपछि एक सातादेखि जनवादी चौकबाट करिव सय मिटर दक्षिण साइड लगाएर राखेेेेकाे ना ६ ख ७१६९ नं. को बसमा मंगलवार बिहान साँढे १ बजेतिर अचानक आगलागी भएको हो । बसमा लागेको आगो स्थानीय वासिन्दा र प्रहरी मिलेर झण्डै एक घण्टापछि निभाएका थिए । आगलागीबाट २५ लाख रुपियाँ बराबरको क्षति भएको र यस सम्वन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

यस्तै सोमवार मध्यरातमा सर्लाहीको गोडैता नगरपालिका–११, मा आगलागी भएको छ । स्थानीय मुनाई मण्डलको भान्साबाट सल्किएको आगोले उनको घर तथा घरभित्र रहेका सम्पुुुुर्ण सरसामान र छिमेकी कसिन्द्र मण्डलको घर तथा घरभित्र राखिएका सरसामान जलेर नष्ट भएको छ । आगलागीबाट ७ लाख ३० हजार बराबरको क्षति भएको पीडितले प्रहरीसँग बताएका छन् ।