पूर्व सांसद् नरेन्द्र साहद्वारा आगलागी पीडितलाई राहत सहयोग

520

बरहथवा – सर्लाहीको बरहथवाका आगलागी पीडित तीन परिवारलाई पूर्व सांसद् नरेन्द्र साहले राहत सामग्री प्रदान गरेका छन् ।

बरहथवा नगरपालिका–११ हिरापुर निवासी बिगन  साह, राजकिशोर मुखिया र उपेन्द्र रायको परिवारलाई राहत सामग्री प्रदान गरिएको हो । पूर्व सांसद् साहको तर्फबाट सोमबार बिहान आगलागी पीडित परिवारलाई ४ थान त्रिपाल, ३ वटा कम्बल, ३ घरलाई भाँडाकुँडा सेट, ३ बोरा चामल, ९ किलो दाल, ६ किलो चिउरा, ३ लिटर खाने तेल, डेढ किलो मिक्स मसाला,  ३ किलो स्वायबिन, ३ प्याकेट नुन, ३ वटा हातधुने साबुन, ३ वटा लुगाधुने साबुन, ३ वटा दन्त मञ्जन ब्रस लगायत राहत सामग्री प्रदान गरिएको उनका सहयोगि रोशन लामाले जानकारी दिए । साह काठमाडाैैं रहेपनि सहयाेगि मार्फत राहत सामग्री प्रदान गरेका हुन् ।

आईतबार राती सबा ११ बजे भएको आगलागीबाट साहको घर एवं घर भित्र भएका दुईवटा खसी बाख्रा, नगद १ लाख ५ हजार, लत्ताकपडा, भाँडाकुँडा अनाज सहित ७ लाख रुपैंया बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै मुखियाको ५ लाख रुपैंया एवं रायको फुस्को गोठ जल्दा ५० हजार रुपैंया बराबरको क्षति पुगेको छ । राती स्थानीय र सुरक्षाकर्मीको सकृयतामा पौने १२ बजे आगो नियन्त्रणमा लिईएकाले ठूलो क्षति हुन नपाएको प्रहरीले जनायो ।

फोटो क्याप्सन : पूर्व सांसद् नरेन्द्र साहको तर्फबाट प्रदान गरिएको राहत सामग्री पीडित परिवारलाई प्रदान गरिँदै । (तस्बिर : उज्यालो अभियान)