हरिवनमा ‘डिसईन्फेक्सन’ औषधी स्प्रे

1327

हरिवन – हरिवन नगरपालिका कार्यालयले नगर भित्रका विभिन्न स्थानमा डिसईन्फेक्सन औषधी स्प्रे (छर्कन) सूरु गरेको छ ।

अहिले (शनिबार) साँझ ५ बजेबाट औषधी स्प्रे गर्ने काम सूरु भईरहेको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले जानकारी दिए । ‘अहिलेको यो मौसममा विभिन्न सर्वसाधारणहरुमा संक्रमण फैलन सक्ने भएकाले त्यसका लागि रोक्नका लागि औषधी स्प्रे गरेका हौं’, मेयर प्रसाईंले भने, ‘हरिवन, नयाँरोड बजार क्षेत्र सहित बढी भिडभाड हुने स्थानहरु, स्वास्थ्य संस्था, अत्यावश्यक सामग्री विक्री वितरण हुने स्थानहरुमा स्प्रेको व्यवस्था मिलाईएको छ ।’

नगरपालिकाको दमकलबाट औषधी स्प्रे गर्न सूरु गरिएको हो । साँझ ७ बजेसम्म हरिवन बजार, नयाँरोड बजार, ताईवान बजार लगायत स्थानमा औषधी स्प्रे गरिने नगरपालिका कार्यालयले जनाएको छ ।

हाल बजार एवं चोक चौराहा सुनसान भएकाले औषधी स्प्रे गर्नु उपयुक्त समय भएको मेयर प्रसाईंको धारणा छ । स्प्रे गर्नका लागि स्वास्थ्यकर्मी श्याम कुशवाहाको नेतृत्वमा मेयर प्रसाईं, वडाध्यक्ष शेष मेहबुब रेजा, शम्भु मैनाली आफै खटिएका छन् ।
फोटो क्याप्सन : हरिवन चोकमा स्प्रे गर्दै स्वास्थ्यकर्मी श्याम कुशवाहा । (तस्बिर : उज्यालो अभियान)