यस्तो छ लकडाउनको दोस्रो दिन हरिवनको दृष्य

979
सगुन सहकारीको माथिल्लो तलाबाट बुधबार दिउँसो विभिन्न एंगलबाट खिचिएको हरिवन बजारको तस्बिर । (तस्बिरहरु : अच्युत कुमार सापकोटा/उज्यालो अभियान)
हरिवन बजार

हरिवन – कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सरकारले लागू गरेको लकडाउनका कारण दोस्रो दिन बुधबार सर्लाहीका बजार क्षेत्रहरु सुनसान बनेको छ ।

हरिवन बजार

सदरमुकाम मलंगवा सहित हरिवन, लालबन्दी, बरहथवा, नवलपुर, ईश्वरपुर जस्ता ठूला व्यापारिक केन्द्रहरु मंगलबारको तुलनामा बुधबार अझ बढी सुनसान भएका हुन् । बुधबार बिहानैदेखि चोक चौराहा अनि नाकाहरुमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले साईकल मोटरसाईकल एवं पैदलयात्रीलाई चेतावनी सहित सम्झाउने गरेपछि सर्वसाधारणहरुको चहलपहल अत्यन्त कम देखिन्थ्यो । औषधी पसल, ग्याँस, दुध लगायत अत्यावश्यक बाहेकका सबै पसलहरु, सरकारी कार्यालय एवं अत्यावश्यक सामान बोकेका बाहेक यातायातका सम्पूर्ण साधन बन्द भएका छन् ।

हरिवन बजार

हरिवन सहित नगरपालिका एवं गाउँपालिकाले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आव्हान सहित बजार एवं गाउँगाउँमा माईकिङ गराईरहेका छन् । स्वास्थ्यकर्मी एवं अत्यावश्यक सेवा दिने कार्यालयका कर्मचारी बाहेकका सवारी साधनलाई रोक लगाईएको प्रुमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । बुधबार जिल्लाभरका सबै बजार बन्द रहेको प्रजिअ जिसीले जानकारी दिए ।

सोमबार साँझ सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजे बाट १८ गतेसम्म देशभर लकडाउन गर्ने निर्णय गरेको थियो ।