मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

344
सांकेतिक तस्बिर ।

बसबरिया – सर्लाहीको बसबरिया गाउँपालिका–३, मा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

नयाँरोड–मधुवनी सडकखण्ड अन्तर्गत बरहथवाबाट धनकौलतर्फ गइरहेको अनटेष्ट मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा मोटरसाइकल चालक धनकौल गाउँपालिका–७, का २० वर्षीय कृष्ण साहको सोमबार राती घटनास्थलमै मृत्यु भएको हो । यसैबीच यता लालबन्दी नगरपालिका–११, हीरापुरस्थित भित्री सडकमा सोमबार साँझ नै मोटरसाइकलको ठक्करबाट एक महिला गम्भीर घाईते भएकी छिन् । लालबन्दीबाट पत्थरकोटतर्फ गइरहेको प्रदेश २–०३–०४– प ५८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५० वर्षीया घनमाया थिङ घाईते भएकी हुन् । उनको मोडल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ ।