आजबाट सर्लाहीका सबै सिमा नाका ‘सिल’

मलंगवा – कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सर्लाही स्थित भारतसँग जोडिएका सबै सिमा नाका ‘सिल’ गरिएको छ ।

आज सोमबार १० बजेबाट भारतीय सिमामा रहेका १५ वटै नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । ‘भारतीय सिमा नाकाबाट अत्यावश्यक बाहेक यात्रु ओहोरदोहोर लगायत बन्द गरिएको छ’, प्रउ पोखरेलले भने, ‘सात दिनसम्म नाका बन्द हुनेछ ।’

सर्लाही स्थित १५ वटा नाका मध्ये हिजो आईतबार देखि स्थानीय प्रशासनले दुईवटा नाकाबाट मात्र आवतजावत गर्न दिएको थियो । सदरमुकाम स्थित मलंगवा तथा पश्चिमी बलरा नगरपालिका स्थित लक्ष्मिपुर नाका खुलाईएको थियो । सोमबारबाट भने ती दुई नाकाबाट समेत यात्रु लगायत सर्वसाधारणको आवतजावत बन्द गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!