अत्याबश्यक बाहेक सबै पसल बन्द गर्न व्यापारीलाई चेम्बर अफ कमर्शको आग्रह

267

हरिवन – नेपाल चेम्बर अफ कमर्स प्रदेश दुई कमिटीले एक विज्ञप्ति जारी गर्दै तत्काल बजारहरु बन्द गर्न व्यापारीसमक्ष आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाईरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी रुपमा बढ्दै गईरहेको र नेपाल पनि उच्च जोखिममा रहेकोले उक्त भाईरसबाट बच्नका लागि सम्पूर्ण पसलहरु बन्द गर्न कमर्सले आग्रह गरेको हो । खाद्यान्न, औषधी, ग्याँस, डेरी, फलफुल, तरकारी लगायत सामान बाहेकका सम्पूर्ण पसल एवं प्रतिष्ठानहरु पूर्ण रुपमा बन्द (लक डाउन) गरी एक अर्कालाई सुरक्षित एवं स्वस्थ राख्न विज्ञप्तिमा अपिल गरिएको छ । अध्यक्ष पवनकुमार ठाकुर र महासचिव शंकर साहद्वारा जारी विज्ञप्तिमा चैत १० गतेदेखि २१ गतेसम्म सम्पूर्ण पसलहरु बन्द गरी सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरिएको सर्लाही हरिवन निवासी वरिष्ठ उपाध्यक्ष निराजन कार्कीले जानकारी दिए ।