विद्यालयका अध्यक्ष गोलेले विद्यार्थीसँग जन्मदिन मनाए

538
विद्यार्थीलाई माक्स लगाईदिँदै जय गोले । (तस्बिर : उज्यालो अभियान)

बागमती – सर्लाहीको बागमती नगरपालिका–१२ स्थित बागमती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय गोलेले आफ्नो जन्मदिन सोही विद्यालयका विद्यार्थीसँग मनाएका छन् ।

गोलले शुक्रबार बिहान विद्यार्थीलाई कोरोना भाईरस विरुद्ध सचेतना जगाउने काम गरेका थिए । उनले विद्यार्थीलाई एक–एक थान माक्स समेत वितरण गरेका छन् । नेपाल तामाङ घेदुङ बागमतीका अध्यक्ष समेत रहेका गोलेले विद्यार्थीलाई खाजा समेत खुवाएका थिए । कार्यक्रममा विद्यार्थीलाई साबुन पानीले हात धुन समेत सिकाईएको थियो ।

विद्यार्थीलाई कोरोना भाईरस विरुद्धका विभिन्न सामग्री वितरण एवं सचेतना सहित विद्यार्थीलाई सामान्य खाजा खुवाएर आफूले जन्म दिन मनाएको समाजसेवामा समेत सकृय रहने गरेका गोलेले जानकारी दिए ।