राजर्षि जनक कपको उपाधीका लागि आज पुलिस र सिक्किम भिड्दै

234

बागमती – चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत आज (आईतबार) विभागिय टिम नेपाल पुलिस क्लब र पाहुना टोली भारतको कंचनजंगा फूटबल क्लब सिक्किम बिच खेल हुँदैछ ।

दिउँसो ३ बजेबाट बागमती स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति मैदानमा खेल सूरु हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए । ब्वाईज युनियन क्लब काठमाडौं, नव जनजागृति युवा क्लब सिमरा र सुदुरपश्चिम–११ लाई हराएको पुलिस तथा आयोजक बागमती नगरपालिका टिम र जावलाखेल युथ क्लब ललितपुरलाई हराएको कंचनजंगाबीच उपाधीका लागि कडा प्रतिष्पर्धा हुने छ । सर्लाही निवासी जुमानु राईको कप्तानीमा उत्रने पुलिसको पक्षमा दर्शकहरुको साथ रहने अनुमान छ ।

विजेताले नगद १० लाख तथा उपविजेताले ५ लाख रुपैंया प्राप्त गर्ने आयोजक बागमती नगरपालिकाका वडाध्यक्ष एवं खेलकुद विभाग प्रमुख दिपक लामाले जानकारी दिए । आयोजकका अनुसार सर्लाही निवासी उदीयमान खेलाडीलाई एकथान पल्सर मोटरसाईकल प्राप्त गर्नेछन् भने प्रतियोगिताकै सवोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैंया प्राप्त गर्नेछन् ।
भारतको दुई सहित १२ टिमको सहभागिता थियो ।