राजर्षि जनक कप फूटबलमा आज पुलिस र सुदूरपश्चिमबीच भिडन्त

219

बागमती – चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) विभागिय टिम नेपाल पुलिस क्लब र सुदूरपश्चिम–११ बीच पहिलो सेमिफाईनल खेल हुँदैछ । विजयी टिमले प्रतियोगिताको फाईनल यात्रा गर्ने छ ।

दिउँसो साँढे ३ बजेबाट बागमती स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति मैदानमा खेल सूरु हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए । ब्वाईज युनियन क्लब काठमाडौं र नव जनजागृति युवा क्लब सिमरालाई हराएको पुलिस तथा बाईमा परेका कारण एनआटी क्लब काठमाडौंलाई हराउँदै सेमिफाईनल पुगेको सुदूरपश्चिमबीच कडा प्रतिष्पर्धा हुने छ ।
चैत २ गते फाईनल खेल हुने प्रतियोगिताको उपाधी विजेताले नगद १० लाख तथा उपविजेताले ५ लाख रुपैंया प्राप्त गर्ने आयोजक बागमती नगरपालिकाका वडाध्यक्ष एवं खेलकुद विभाग प्रमुख दिपक लामाले जानकारी दिए । प्रतियोगितामा भारतको दुई सहित १२ टिमको सहभागिता छ ।