द्वन्द्वपीडित बालगृहका बालबालिकासँग होली

313

चेम्बर अफ कमर्स सर्लाहीका पदाधिकारीहरुले मंगलवार द्वन्द्वपीडित बालगृहका बालबालिकासँग बसेर होली मनाएका छन् ।
हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाई, पूर्व मन्त्री बद्रीप्रसाद न्यौपाने, समाजसेवी सुरेन्द्र लामा, भरत कार्कीलगायतको उपस्थितमा चेम्बर अफ कमर्स सर्लाहीका पदाधिकारीहरुले हरिवन नगरपालिका–५, घुर्कौलीमा रहेको बाल गृहका बालबालिकासँग होली मनाएका हुन् । द्वन्द्वमा आमा बुवा गुमाएका बालबालिकासँग शुभकामना आदानप्रदान गरी होली मनाइएको चेम्बर अफ कमर्स सर्लाहीका वरिष्ठ उपाध्यक्ष एवं नमस्ते होटल लालबन्दीका सञ्चालक बैकुण्ठ सापकोटाले जानकारी दिए ।
सापकोटासँगै होटल व्यवसायी संघ सर्लाहीका अध्यक्ष हीराकाजी योञ्जन, होटल व्यवसायीहरु नहकुल भण्डारी, पूर्णप्रसाद चौलागाई, शिवप्रसाद पौडेल लगायतले हिजो बिहान बालगृहमै पुगेर त्यहाँका बालबालिकालाई खाना समेत खुवाएका छन् ।
जिल्लाका प्रतिष्ठित व्यवसायी एवं होटल सञ्चालकहरु बालगृहमै आएर होली मनाउँदा त्यहाँ आश्रीत बालबालिकाले खुशी व्यक्त गरेका छन् ।