मोटरसाइकल दुर्घटनामा चालक गम्भीर घाईते

133
सांकेतिक तस्बिर ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–९, खोरियामा आइतवार राती दुई वटा मोटरसाइकल जुुध्दा एक जना गम्भीर घाईते हभएका छन् ।
चक्रघट्टाबाट सदरमुकाम मलंगवातर्फ आइरहेको बीआर ३० डी ३८८६ र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३० आर १०१६ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा बीआर ३० डी ३८८६ नम्वरको मोटरसाइकल चालक गम्भीर घाईते भएका हुन् ।

दुर्घटनामा घाईते कविलासी नगरपालिका–३, का २२ वर्षीय बालकिशोर राय यादवलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार गरी थप उपचारका लागि भारतको सीतामढीतर्फ रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटना गराएर बीआर ३० आर १०१६ नम्वरको मोटरसाइकलका चालक फरार भएका छन् ।