पौरखीको आठौं वार्षिक साधारण सभा सम्पन्न

132

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–७, मा रहेको पौरखी बचत तथा ऋण सहकारी संस्थाको शनिवार ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शालीग्राम लम्सालको अध्यक्षता एवं संस्थाकै संस्थापक अध्यक्ष देवीबन्धु थापाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभा समारोहमा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशी, पौखरी बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्षहरु भानुभक्त बराल र विक्रम भण्डारी, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुकाजी प्रधान, उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष लालबाबु साह, पूर्व उपाध्यक्ष बैकुण्ठ सापकोटा लगायतको आतिथ्यता रहेको थियो । संस्थाले यस वर्ष ६ लाख रुपैयाँ खुद मुनाफा गरेको कार्यक्रम संचालक एवं संस्थाका सचिव उद्धव प्रसाद पौडेलले जानकारी दिए ।