राजर्षि जनक कप : आज पुलिस र नव जनजागृति भिड्दै

315

सर्लाहीको बागमतीमा जारी चौथो संस्करणको राजर्षि जनक कप फूटबलमा आज (शनिवार) विभागिय क्लब नेपाल पुलिस र नवजनजागृति युवा क्लब सीमरा बाराले प्रतिस्पर्धा गर्दै छन् ।
यि दुई बीचको खेल अपरान्ह बागमती नगरपालिका–११, कर्मैयास्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुनेछ । अायाेजकले जनाए अनुसार पुुुुलिसकाे नेतृत्व सर्लाहीकै हरिवन निवासी जुमानु राईले गर्नेछन् । राई रााष्ट्रिय टिमका पुर्व कप्तान समेत रहेका थिए ।
बागमती नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा दुई विदेशसहित १२ वटा क्लबले सहभागिता जनाएका छन् । प्रदेश २ कै सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट खेल प्रर्दशन गर्ने सर्लाहीका एक जना खेलाडीलाई एक थान मोटरसाइकल र प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ नगद प्रदान गरिने छ ।
फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ब्वाईज युनियन क्लब काठमाडाैं र शुक्रवार दोस्रो खेलमा पाहुना टोली भारतकाे दार्जीलिङ स्थित युनाईटेड खार्साङ फूटबल क्लब बिजयी हुँदै क्वार्टर फाइनलमा प्रवेश गरिसकेका छन् ।