लालबन्दीमा चेम्बर अफ कमर्स गठन

621
शुक्रबार गठित लालबन्दी चेम्बर अफ कमर्स तदर्थ समितिका पदाधिकारी एवं अतिथिहरु सामुहिक तस्बिर खिचाउँदै । (तस्बिर सौजन्य : नवराज मिश्र)

लालबन्दी – नेपाल चेम्बर अफ कमर्सको लालबन्दी नगर स्तरीय तदर्थ समिति गठन गरिएको छ ।

शुक्रबार लालबन्दी बजार स्थित व्यापारीहरुको एक समूहले सोम पौडेलको अध्यक्षतामा लालबन्दी चेम्बर अफ कमर्सको ४५ सदस्यीय नगर स्तरीय समिति गठन गरेका हुन् । समितिको बरिष्ठ उपाध्यक्षमा ईश्वर दाहाल तथा उपाध्यक्षहरुमा क्रमशः सन्तोष पौडेल, श्याम साह, इन्दीरा घिमिरे, नथुनी चौधरी, हरिकान्त महत्तो र महेन्द्र महत्तो चयन भएका छन् । त्यस्तै समितिको महासचिवमा कृष्ण भण्डारी, उप–महासचिवमा प्रेम कुमार अधिकारी, सचिवमा ललन साह, रामहरी बराल र वर्षा लामा, कोषाअध्यक्षमा बालकृष्ण कार्की एवं सह–कोषाध्यक्षमा शम्भु प्रसाद चौधरी चयन भएका छन् ।

नेपाल चेम्बर अफ कमर्स सर्लाहीका उपाध्यक्ष बैकुण्ठ सापकोटा, सल्लाहकार नवराज मिश्र, उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा पराजित विक्रम भण्डारी लगायतको सकृयतामा भएको व्यापारीहरुको भेलाले कमर्सको लालबन्दी नगर स्तरीय तदर्थ समिति गठन गरेको हो । कार्यक्रममा चेम्बर अफ कमर्स सर्लाहीका अध्यक्ष रामभक्त प्रधानको प्रमुख आतिथ्यता रहेको थियो भने हरिवनका महासचिव टोपराज लुईंटेल, चेम्बर अफ कमर्स गठनमा सकृय नेकपाका नेता उत्तरकुमार मैनाली लगायतको विशिष्ट आतिथ्यता एवं सकृयता रहेको थियो ।

उद्योग वाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष नवराज मिश्रले उद्योग वाणिज्य संघले साना व्यापारीहरुको हितमा काम गर्न नसकेपछि नेपाल चेम्वर अफ कमर्सको छत्रछाँयामा जान बाध्य हुनु परेको बताए । केही दिनअघि हरिवनमा पनि चेम्बर अफ कमर्सको तदर्थ समिति गठन भएको थियो । चेम्बर अफ कमर्स सर्लाहीका अध्यक्ष प्रधान स्वयं उद्योग वाणिज्य संघ हरिवनका पूर्व अध्यक्ष हुन् ।