उद्योग वाणिज्य संघ लालबन्दीको भवन शिलान्यास

720
उद्योग वाणिज्य संघ लालबन्दीको भवन शिलान्यास गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा । (तस्बिर : उज्यालो अभियान)
उद्घाटन समारोहमा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – उद्योग वाणिज्य संघ लालबन्दीले आफ्नो कार्यालय भवन शिलान्यास गरेको छ ।

आज (शुक्रबार) दिउँसो लालबन्दी नगरपालिका वडा नं. ६ मा संघको कार्यालय भवन शिलान्यास गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले शिलान्यास गरेका हुन् ।

१ करोड ४४ लाख रुपैंया लागतमा दुई तले सुविधा सम्पन्न भवन निर्माण गर्ने गरी लगत ईष्टमेट तयार भएको उद्योग वाणिज्य संघ लालबन्दीका महासचिव दिपेन्द्र बलम्पाकीले जानकारी दिए । भवनमा अध्यक्ष, महासचिव लगायत पदाधिकारीको कार्यकक्ष, सभाहल, मिनी मिटिङ हल, सचिवालय लगायत रहने छन् । बलम्पाकीका अनुसार संघले यसअघि नै वीणा चलचित्र घर छेउमा खरिद गरेको पौने १२ धुर जग्गामा भवन निर्माण गर्न लागिएको हो ।

कार्यक्रम सञ्चालक मनोज बख्रेलका अनुसार संघका अध्यक्ष कल्याण जोशीको अध्यक्षता रहेको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाली कांग्रेस केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश सांसद्द्वय बेची लुंगेली र संचमाया मोक्तान, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, प्रदेश दुई सदस्य हिरालाल साह, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, वडाध्यक्ष सुरेन्द्र न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

संघका पूर्व अध्यक्ष बाबुकाजी प्रधानले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रममा लालबन्दी नगरपालिकाका उपमेयर शान्ति लामा, वडाध्यक्षहरु राजन श्रेष्ठ, नवराज अधिकारी, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापा, उद्योगी व्यापारी लगायतको उपस्थिती रहेको थियो ।