हरिवनको भागवतमा एकै दिन ५५ लाख सहयोग संकलन

652
प्रदेश सांसद् डिल्ली प्रसाद उप्रेतीलाई सम्मान पत्र प्रदान गर्दै जगतगुरु बालसन्त मोहनशरण देवाचार्य । (तस्बिर : उज्यालो अभियान)

हरिवन – हरिवन बजार स्थित पूर्व–पश्चिम राजमार्ग दक्षिण रहेको कृष्ण मन्दिर, धर्मशाला, सभाहल, किरियापुत्री भवन निर्माण गर्ने उद्येश्यका साथ लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा आज (विहिबार) एकै दिनमा ५५ लाख रुपैंया भन्दा बढी सहयोग संकलन भएको छ ।

भागवतको छैटौं दिन विहिबार मात्र ५५ लाख रुपैंया भन्दा बढी सहयोग संकलन भएको आयोजक कृष्ण मन्दिर सेवा समितिका सचिव विनोद कार्कीले जानकारी दिए । विहिबार प्रदेस सांसद् डिल्ली प्रसाद उप्रेतीले संसदिय कोषबाट भौतिक पूर्वाधार निर्माणका लागि २५ लाख, संविधान सभा सदस्य नरेन्द्र साहले ५ लाख ५१ हजार १०५, हरिवन निवासी गजेन्द्र कार्कीले ५ लाख ५ हजार ५०५, कांग्रेस नेता दिलिप राज भण्डारीले १ लाख १ हजार १६१, बद्रीबहादुर कार्कीले ५१ हजार ५५५, लोकजंग कार्कीले ५५ हजार ५५५, चेम्बर अफ कमर्श हरिवनले ६६ हजार १११, चेतबहादुर खड्काले ५५ हजार ५५५, शत्रुधन साहले ६१ हजार, विन्दाकुमारी खड्काले ५१ हजार १११, रोमबहादुर थापाले ५१ हजार ५५५, रोमबहादुर थपलियाले ५० हजार ५५५ रुपैंया सहयोग घोषणा गरेको आयोजक समितिले जनाएको छ । योसँगै हालसम्म नगद र चेक गरी भागवतबाट ८५ लाख रुपैंया भन्दा बढी सहयोग संकलन भएको छ । ५ लाख रुपैंया भन्दा बढी सहयोग गर्ने दाताको नामबाटै धर्मशालाको कोठाहरुको नामाकरण गर्ने र तस्बिर समेत राखिने सचिव कार्कीले जानकारी दिए ।

नेपालकै प्रथम जगत गुरु बाल सन्त मोहन शरण देवाचार्यले कथा प्रवचन भईरहेको भागवत शुक्रबार समापन हुँदैछ । हाल हरिवन चोकमा रहेको मन्दिर अब कैलाशपुरी गेटबाट दुईसय मिटर उत्तर साबिक साझा संस्थाको जमिनमा निर्माण गरिने छ ।