कांग्रेस केन्द्रीय सदस्य राय र श्रेष्ठ सम्मानित

193
कांग्रेस केन्द्रीय सदस्य राय र श्रेष्ठलाई सम्मानपछि तस्बिर खिचाउँदै नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालो अभियान)

रानिगञ्ज – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित जंगिलाल राय र आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित शम्भुलाल श्रेष्ठलाई सम्मान गरिएको छ ।

पार्टीको लालबन्दी नगरपालिका–१७ को वडा समितिले केन्द्रीय सदस्यमा मनोनित नेताद्वय राय र श्रेष्ठलाई मंगलबार रानीगंजमा सम्मान गरेको हो । वडा समिति सभापति गुरुप्रसाद पौडेलको अध्यक्षतामा आयोजित सम्मान समारोहमा उपस्थित कांग्रेसका नेता कार्यकर्ताले राय र श्रेष्ठलाई फूल, माला, अबिर र खादा पहिर्याएर सम्मान गरेका हुन् । रानीगञ्जस्थित वडा कार्यालयको सभा हलमा आयोजित सम्मान समारोहमा कांग्रेसका क्षेत्रीय सभापति प्रमोद बराल, जिल्ला कार्य समितिका कोषाध्यक्ष बाबुकाजी प्रधान, पार्टीका नेता एवं लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष सुरेन्द्र न्यौपाने, वडा नम्वर १७ का वडाध्यक्ष नवराज अधिकारी लगायतले मन्तव्य राखेका थिए । केन्द्रीय सदस्यमा मनोनित राय पूर्व सांसद् हन् भने र श्रेष्ठले उर्जा राज्य मन्त्री तथा कृषि एवं पशुपंक्षी विकास राज्य मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।