हरिवन दुर्घटना अपडेट : स्थानीयद्धारा फेरि राजमार्गमा चक्काजाम

1394
मंगलबार बिहान तीनघरेमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै स्थानीय तथा चक्काजाम गरेका कारण लामवद्ध सवारी साधन । (तस्बिर : उज्यालो अभियान)

सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर गणेश चौकमा पुनः पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । अहिले (मंगलवार मध्यान्ह) सासापुरस्थित पूर्व–राजमार्ग ठप्प छ ।

सोमवार राती गणेश चौकमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि राती नै स्थानीय वासिन्दाले चार घण्टा राजमार्ग अवरुद्ध गरेका थिए । त्यसक्रममा प्रहरीले यातायात व्यवसायीलाई आज बिहान छलफलमा बोलाएर मृतकका परिवारलाई कानुन बमोजिमको राहत रकम उपलब्ध गराउने र घटनाको अनुसन्धान गर्ने सहमति गरेपनि यातायात व्यवसायी सम्पर्कमा नआएपछि स्थानीय पुनः राजमार्गमा भेला भएर चक्काजाममा उत्रिएका हुन् ।