अवैध भारतीय डिटिएचको प्रयोगमा रोक लगाउने प्रयास

दिनानुदिन सर्लाही जिल्लामा बढ्दै गरेको भारतीय डिटिएच प्रयोगलाई रोक्नका लागि नेपाली डिसहोमले अभियानको थालनी गरेको छ ।
भारतीय डिटिएच प्रविधिको प्रयोगमा रोक लगाउन नेपाली डिसहोमसँग साटेर भारतीय डिटिएच प्रविधि विस्थापित गर्ने काम सुरु भएको हो । विगत केही दिनमै सर्लाहीमा एक हजार भन्दा बढी भारतीय डिटिएचलाई नेपाली डिसहोमले बिस्थापित गरेको ।
भारतीय डिटिएच लिएर नेपाली डिसहोम दिने गरेपछि ग्राहकहरु नेपाली डिसहोम प्रति आकर्षित भएका छन्् । अवैधरुपमा प्रयोगमा आएका भारतीय डीटीएच प्रविधिलाई बिस्थापित गर्नका लागि डिसहोमले अभियानको थालनी गरेको मलंगवाका डिसहोमको अधिकृत बिक्रेता तथा लक्ष्मी इन्टरप्राईजेज मलंगवाका संचालक सुबास गुप्ताले जानकारी दिए ।
मलंगवाबाट ६ सय ५६, लालबन्दीबाट २ सय ९३ र बरहथवाबाट १ सय ५५ जना ग्राहकले भारतीय डिटिएच फिर्ता गरी नेपाली डिसहोम साटेर लगेका गुप्ताले बताए । सस्तोमा पाउने र रिचार्ज गर्नु नपर्ने भएकाले सीमावर्ती आसपासमा भारतीय डिटिएचको प्रयोगकर्ताको संख्या बढी रहेको छ । नेपाल सरकारलाई कर तिर्नु नपर्ने भएकाले पनि भारतीय डिटिएच प्रति नेपाली ग्राहकको ध्यान तानिएको गुप्ताको भनाई छ ।
नेपालमा भारतीय डिसहोमको बिक्री बितरणमा रोग लागेपनि खुल्ला सीमानाको फाइदा उठाउँदै लुकीछिपी प्रयोगकर्ताहरुले भारतीय बजारबाट ल्याउने गरेका छन् ।