माइत हिँडेकी महिला जंगलमा मृत भेटिइन्

482


सर्लाहीको लालबन्दी नगरपालिका–२, नवलपुरकी बालकुमारी खत्री मृत अवस्थामा फेला परेकी छिन् ।
गएको शनिवार माइती घर जान्छु भनेर घरबाट निस्किएकी विष्णु बहादुर खत्रीकी ४६ वर्षीया श्रीमती बालकुमारी मंगलवगार मध्यान्ह पूर्व–पश्चिम राजमार्गस्थित नवलपुरको तेलबाली नजिकै सडकबाट करिव सय मिटर उत्तरतर्फ जङ्गलभित्र मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार खत्रीको शरीरमा बाहिरी चोटपटक देखिएको छैन् ।
घटनास्थलमा आवश्यक अनुसन्धान पश्चात मुचुल्का उठाएर मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै महिलाको मृत्युको वास्तविक कारण पत्ता लाग्ने लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले बताए ।
दोलखा माईती घर जान्छु भनेर हिँडेकी खत्रीको मृत्युबारे परिवारका सदस्य तथा आफन्तसँग सोधपुछ भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।